
आलु र प्याजको मूल्य घट्याे
३० कात्तिक, काठमाडौं । भारतीय भन्सारहरुले कुहिनसक्ने आफ्ना उत्पादनलाई प्राथमिकताका साथ छाडेपछि बजारमा आलु र प्याजको भाउ सस्तिएको छ । नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले अन्य वस्तु रोकेर पनि आालु प्याज सहित अन्य तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ ।
नेपालमा इन्धनको अभावले तरकारीको खपत घटेको समयमा भारतीय उत्पादन प्रशस्त आउँदा आलु र प्याज सस्तिएको कालीमाटी तरकारी तथा फलफूल बजारका ब्यापारी भगवानचन्द्र उप्रेतीले अनलाइनखबरलाई बताए ।
भारतीय आलुको मूल्य अहिले थोकमा २२ रुपैयाँ प्रतिकिलो छ । नेपाली आलु भने प्रतिकिलो ३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । भारतीय आलुको खुद्रा मूल्य ३० रुपैयाँसम्म छ भने नेपाली आलुको ४० देखि ४५ रुपैयाँ छ ।
यसैगरी केहि समयअघि १ सय ५५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको प्याजको थोक मूल्य अहिले ५५ देखि ६० रुपैयाँमा झरेको उप्रेतीले बताए । प्याजको खुद्रा मूल्य पनि आधा सस्तिएको छ । भारतीय भेँडे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ छ भने करेला भिन्डी किलोको ९० देखि सय रुपैयाँसम्ममा बिक्री भएको छ ।
भारतले अन्य सामग्री बोकेका गाडीलाई नछाडे पनि तरकारी बोकेका गाडीलाई सहजै छोड्ने गरेको छ । त्यसैका कारण भारतीय आलु र प्याजको मूल्य सस्तिएको हो ।
उपभोक्ताको घरमा खाना बनाउने इन्धनको अभावका कारण काठमाडौंमा तरकारीको माग समान्य अवस्थामा भन्दा आधा घटेको छ । दैनिक १२ सय मेटि्रक तरकारीको माग हुने काठमाडौंमा अहिले ५ सय मेटि्रक टन पनि मुस्किलले खपत भइरहेको ब्यापारीहरु बताउँछन् ।
प्राप्त प्रतिकृया (१)
-
चाइना बाट स्याउ आयो ,भारत बाट आलु र प्याज आयो अब नेपालीहरु भोक ले मर्दैनन ।
Like or Dislike:
10
0
[Reply]
३० कात्तिक, काठमाडौं । भारतीय भन्सारहरुले कुहिनसक्ने आफ्ना उत्पादनलाई प्राथमिकताका साथ छाडेपछि बजारमा आलु र प्याजको भाउ सस्तिएको छ । नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले अन्य वस्तु रोकेर पनि आालु प्याज सहित अन्य तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ ।

भारतीय आलुको मूल्य अहिले थोकमा २२ रुपैयाँ प्रतिकिलो छ । नेपाली आलु भने प्रतिकिलो ३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । भारतीय आलुको खुद्रा मूल्य ३० रुपैयाँसम्म छ भने नेपाली आलुको ४० देखि ४५ रुपैयाँ छ ।
यसैगरी केहि समयअघि १ सय ५५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको प्याजको थोक मूल्य अहिले ५५ देखि ६० रुपैयाँमा झरेको उप्रेतीले बताए । प्याजको खुद्रा मूल्य पनि आधा सस्तिएको छ । भारतीय भेँडे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ छ भने करेला भिन्डी किलोको ९० देखि सय रुपैयाँसम्ममा बिक्री भएको छ ।
भारतले अन्य सामग्री बोकेका गाडीलाई नछाडे पनि तरकारी बोकेका गाडीलाई सहजै छोड्ने गरेको छ । त्यसैका कारण भारतीय आलु र प्याजको मूल्य सस्तिएको हो ।
उपभोक्ताको घरमा खाना बनाउने इन्धनको अभावका कारण काठमाडौंमा तरकारीको माग समान्य अवस्थामा भन्दा आधा घटेको छ । दैनिक १२ सय मेटि्रक तरकारीको माग हुने काठमाडौंमा अहिले ५ सय मेटि्रक टन पनि मुस्किलले खपत भइरहेको ब्यापारीहरु बताउँछन् ।
प्राप्त प्रतिकृया (१)
- चाइना बाट स्याउ आयो ,भारत बाट आलु र प्याज आयो अब नेपालीहरु भोक ले मर्दैनन ।Like or Dislike:
10
0
[Reply]
यसमा तपाइको मत
अर्थ-वार्ता
भूकम्प अाउँदा बीमा कम्पनीलाई फाइदा भयो
ShareThis Copy and Paste
- See more at: http://www.onlinekhabar.com/2015/11/350550/#sthash.0WwS2sJs.dpuf
फेसबुकमा सेन्सर लगाउन भारत विश्वमै अगाडि
३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतमा पुगेर डिजिटल इन्डियाको कुरा गरे । तर, भारत त्यही देश हो, जसले डिजिटल दुनियाँमा अत्यधीक अंकुश लगाइरहेको छ ।
प्रसंग फेसबुकको हो । हालै सार्वनिक भएको एउटा रिपोर्ट अनुसार फेसबुकमा प्रकाशित सामग्रीमा सबैभन्दा बढी प्रतिवन्ध लगाउने देश भारत हो । हालसम्म भारतको अनुरोधमा १५ हजार १ सय ५५ वटा सामग्री फेसबुकले हटाएको छ ।
अन्य देशको तुलनामा यो संख्या अकल्पनीय रुपमा धेरै हो । दोस्रो स्थानमा रहेको छ, टर्की जसले फेसबुकका चार हजार ४ सय ९६ वटा सामग्रीलाई हटाउन लगाएको छ ।
विश्वकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले फेसबुकमा पोष्ट भएका यति धेरै सामग्रीमाथि प्रतिवन्ध लगाउनु अभिव्यक्ति स्वतन्तन्त्रतामाथिकै प्रहार भएको तर्क एकथरिले गर्दै आएका छन् ।
भारत सरकारले आफ्ना राजनीतिक विरोधीहरुलाई रोक्नका लागि फेसबुकमा अंकुश लगाएको आरोप पनि लाग्ने गरेको छ । अर्कोतर्फ फेसबुकले चाहिँ भारतले अनुरोध गर्नासाथ सामाग्री हटाइहाल्नुमा आफ्नो इन्टरनेट सेवा भारतमा लन्च गर्नका लागि सरकारलाई रिझाउन खोजेको अर्थमा बुझिएको छ ।
यसअघि अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीले फेसबुकको हेडक्वार्टरमै पुगेर आफ्नी आमासँग भ्वाइस च्याट गर्नुका साथै फेसबुक सञ्चालकसँग सम्बन्ध बनाएर आएका थिए ।
फेसबुका अनुसार यसको वेबसाइटमा रहेको सामग्रीहरुमाथि प्रतिबन्ध लगाउनका लागि भारतका कानून प्रवर्द्धन एजेन्सीहरु तथा कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमका तर्फबाट आवेदन गरिएको थियो । प्रायजसो धर्मविरोधी र उत्तेजक भाषणहरुलाई हटाउन लगाएको पाइएको छ ।
भारतीय मिडियाकर्मी निखिल पहवा भन्छन्, ‘के कस्ता सामग्रीहरुलाई हटाउन लगाइएको छ भन्ने रेकर्ड कतै पनि छैन ।’
फेसबुक प्रयोगकर्ताहरुको अकाउन्टका बारेमा जानकारी हासिल गर्नेमा अमेरिकापछि भारत दोस्रो छ । अमेरिकाले २६ हजार ५ सय ७९ मानिसहरुको जानकारी लिएको छ भने भारतले ६ हजार २ सय ६८ को ।
तेस्रोमा रहेको बेलायतले ४ हजार ४ सय ८९ व्यक्तिको जानकारी फेसबुकबाट हासिल गरेको छ ।
भारतीय एजेन्सीहरुले फेसबुकबाट अत्यन्त निजी जानकारीहरु मागेका छन्, जस्तै सब्स्क्राइवर इन्फर्मेसन, आइपी एड्रेस, अकाउन्ट कन्टेन्ट आदि ।
सामान्यतया फेसबुकले कुनै सामग्री हटाउनु अगाडि त्यसले स्थानीय कानूनको उल्लंघन गरेको छ कि छैन भन्ने सुनिश्चित गर्छ र यदि गरेको पाइए मात्रै प्रतिवन्ध गर्छ । तर, भारतलाई रिझाउनका लागि त्यस्तो सुनिश्चितता बिना सामग्री हटाइने गरेको आरोप स्वतन्त्र मिडियाका अभियन्ताहरु लगाउँछन् ।
निखिल भन्छन्, ‘एक नागरिकका हिसाबले हामीलाई थाहा हुनुपर्छ कि कस्ता कस्ता सामाग्री हटाइएका छन् । यो मौलिक स्वतन्त्रताको कुरा हो । हटाइएका सामाग्रीहरुका बारेमा फेसबुकले जानकारी दिनुपर्छ ।’
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
विचित्र संसार
- यी अभागी महिला, जसको सरीर ढुंगा बन्दै गइरहेको छ (फोटो फिचरसहित)
- यो पो हो तरिका : सुरक्षाको अनौठो शैली (फोटो फिचर)
- दुनियाका केही अनौठा अन्धविश्वास
- यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी
- कलियुगको कामधेनु गाइ, जसले ब्याउँदै नब्याइकन पनि दिइरहेको छ दुध
- जब एयरपोर्टमा पोर्न फिल्म चल्न थाल्यो…..
- मोबाइल फोन फ्याँक्ने प्रतियोगिता (भिडिय
-
अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए
३० कात्तिक, काठमाडौं । चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् ।सोमबार नै थप ३० वटा ट्यांकर तेल लिन केरुङ पठाउने निगमले जनाएको रुसवागढी भन्सार प्रमुख केदार पनेरुले अनलाइनखबरलाई जानकारी दिए ।चीनले दिएको १ हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोलमध्ये अब ३ लाख ३५ हजार लिटर पेट्रोल नेपाल ल्याउन बाँकी छ ।तिहार अघि एकैपटक २ लाख ७० हजार लिटर पेट्रोल ल्याइएको थियो । ५६ वटा ट्यांकरले तेल ल्याएपछि चीनले अनुदानमा दिएको सबै तेल काठमाडौं आइपुग्ने छ ।चीनले अनुदानमा दिएको पेट्रोल पनि भारतबाट आएको पेट्रोलमै मिसाएर बिक्री भइरहेको छ ।आयल निगमले चीनसँग ब्यापारिक रुपमा तेल खरिद गर्ने प्रक्रिया अघि बढाएपनि चिनियाँ पक्षले जावाफ दिन ढिलाइ गरेको छ ।अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
विचित्र संसार
- यी अभागी महिला, जसको सरीर ढुंगा बन्दै गइरहेको छ (फोटो फिचरसहित)
- यो पो हो तरिका : सुरक्षाको अनौठो शैली (फोटो फिचर)
- दुनियाका केही अनौठा अन्धविश्वास
- यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी
- कलियुगको कामधेनु गाइ, जसले ब्याउँदै नब्याइकन पनि दिइरहेको छ दुध
- जब एयरपोर्टमा पोर्न फिल्म चल्न थाल्यो…..
- मोबाइल फोन फ्याँक्ने प्रतियोगिता (भिडियोसहित)
बिजनेस
- अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए
- आलु र प्याजको मूल्य घट्याे
- ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
- राष्ट्र बैंकले मंसिर २ गते ५ अर्बको तरलता प्रशोचन गर्ने
- डीडीसीका अधिकृत शर्मा विरुद्ध अख्तियारद्धारा मुद्दा दायर
- तिहारमा साढे दुई करोड फूलको किनबेच
- विराटनगरको रानी भन्सारबाट २८ ट्यांकर इन्धन भित्रियो
मनोरञ्जन
- बलिउड कलाकार सइद जफरीको निधन
- स्टार शैलीः १८ बर्षकी काइली बोक्छिन् २० हजार डलरको ब्याग
- सुटिङका क्रममा आमिर खान घाइते
- ‘लिरिल फ्रेस फेस’मा फ्रेस बनाउने सुन्दरी
- रक्षाको सौन्दर्यले भुतुक्कै ‘जीग्री’, ‘सक्की गो नि’ नहेरी भात नखाने बालक पनि भेटिए
- पूजनाले ‘चकलेट’ व्यापारबाट असाहय बालाबालिकाका लागि भवन बनाउने
- अनमोलले झुटो बोले या साँचोः आनासँग थिएन प्रेम, हालसम्म एक्लै
ShareThis Copy and Paste
ShareThis Copy