FACEBOOK

https://www.viglink.com/

Saturday, November 28, 2015

यसरी पाउने भए भूकम्प पीडितले घर बनाउने २ लाख अनुदान

तत्काल करिब २४ अर्ब निकास हुँदैःपैसा बोकेर शहर पस्न नपाउने

२०७२ मंसिर १२ गते १०:५४ मा प्रकाशित
Earthquake Nepal 2015 (26)
१२ मंसिर,काठमाडाैं । विनाशकारी भूकम्पले धक्का दिएको ठीक आठ महिना पुगेको छ । भूकम्प पीडितहरुले अब आफ्नो घर बनाउन तत्कालै ५० हजार रुपैया पाउने आश्वासन सरकारले दिएको छ ।
भूकम्प पीडितलाई घर बनाउने कामको शुरुवातका लागि तत्काल ५० हजार रुपैया वैंक खाता बिनानै दिइने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले करिव २४ अर्ब रुपैया स्थानीय विकास मन्त्रालय मार्फत पठाउने अर्थमन्त्री बिष्णु पौडेलले बताए ।
सजिलो बिधी बनाइदै
पौडेलका अनुसार भूकम्प पीडितलाई न्यानो आवास कार्यक्रम अन्तर्गत जाडो नबढ्दै घर बनाउन सजिलो होस भनेर सरकारले खुकुलो नीति बनाएको छ । ‘भूकम्प पीडित जनताको पीडाप्रति सरकार संवेदनशील छ, जे गर्दा जनताले सहज रुपमा रकम पाउछन् त्यहि बिधी अपनाउछौं’ पौडेलले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार तत्कालै १० हजार रुपैया भूकम्प पीडितका हात हातमा बाँडिनेछ । गाविस सचिव नभएका ठाउँमा जिल्ला विकास समितिले तोकेका प्रतिनिधि मार्फत सो रकम बाँडिने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।
जाडो खर्च अलग्गै १० हजार
यसअघि १५ हजार रुपैया राहत पाएका जनताले भूकम्प पीडित कार्डका आधारमा १० हजार रुपैया पाउनेछन् । ‘यसबाट जाडोका अत्वाश्यक सामान किन्न सघाउ पुग्ने विश्वास प्रधानमन्त्रीले लिनुभएको छ’ सरकारका प्रवक्ता सूचना तथा सन्चारमन्त्री शेधरन राईले अनलाइनखबरसँग भने ।
भूकम्प पीडितलाई सरकारले घर बनाउनका लागि दुई लाख रुपैया अनुदान र तीन लाख रुपैया बिना धितो सहुलियत ऋण दिने घोषणा गरिसकेको छ । सो रकम बिना बिलम्ब बढिमा एक साताभित्र जनताले पाउने गरी व्यवस्था हुन लागेको रिमालले बताए ।
पैसा कसरी पाउने ?
रिमालले अनलाइनखबरसँग भने- ‘दुई लाख रुपैयाको पहिलो किस्ता २५ प्रतिशत अर्थात ५० हजार रुपैया जनताले हातमै पाउनेछन् । यसअघि वैंक खाता खोलेपछि मात्र दिने भनिएको थियो तर खाता खोल्न समय लाग्ने भएकाले हात हातमै पाउनेछन् ।
चार किस्ताबाट घटाएर २ लाख अनुदान अब तीन किस्तामा दिइनेछ । ५० हजारबाट घर शुरु भएपछि दोस्रो किस्ता लिन भूकम्प पीडितले वैंक खाता खोल्नुपर्नेछ ।
घर आधा भएपछि दोस्रो किस्तामा थप एक लाख रुपैया बैंक खातामै पाउनेछन् । घर सम्पन्न भएको सिफारिस गाविस वा नगरपालिकाले दिएपछि तेस्रो किस्ताको ५० हजार रुपैया निकासा हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताए ।
दुरुपयोग रोक्ने
बिगतमा सरकारले दिएको राहत बुझ्नका लागि गाउँमा जाने र गाउँबाट राहत सामाग्री तथा रकम बोकेर शहर फर्किने प्रवृति रोक्न स्थानीय निकाय र जनताले सघाउनुपर्ने सरकारी अधिकारीहरुले बताए ।
गाउँमा घर भत्किएका र त्यहिँ घर बनाएर बस्नेहरुलाई मात्र २ लाख रुपैया अनुदान दिन सिफारिस गरिएको छ । त्यसका लागि घर निर्माणको अनुगमन तथा निरीक्षण हुनेछ ।

No comments:

Post a Comment