
यी अभागी महिला, जसको सरीर ढुंगा बन्दै गइरहेको छ (फोटो फिचरसहित)
झ्वाट्ट हेर्दा यिनी पूरै स्वस्थ देखिन्छिन् । यिनको जिउमा कुनै भयानक रोग छ भनेर पत्याउन पनि गाह्रो पर्छ । तर ३२ वर्षकी यी युवती एश्ले कर्पाइल दुनियाकै यस्तो दुर्लभ तथा भयानक रोगबाट पीडित छिन् की उनको जिउ विस्तारै ढुंगो बन्दै गइरहेको छ ।
उनी वंशाणुजन्य रोग फाइब्रोडिस्प्लाजिया ओस्सिफिकान्स प्रोग्रेसिभाबाट पीडित छिन् । स्टोन म्यान सिन्ड्रोम पनि भनिने यो रोग भएका मानिस दुनियामा केवल ८ सय जना मात्र छन् ।
यो रोगका कारण मांशपेशी, जोर्नीका तन्तु लगायतका जिउका सबै कोमल भागहरु कडा हड्डीमा परिणत हुन्छन् । यो रोगको कुनै उपचार पनि छैन र मानिस विस्तारै कडा मूर्तिमा परिणत हुन्छ ।
यो रोगका कारण उनको दायाँ हात गुमिसकेको छ । खुट्टा चलाउन पनि गाह्रो हुन थालिसकेको छ र जिउका अन्य भागलाई पनि प्यारालाइज्ड गर्दैछ ।
अमेरिकाको जर्जियास्थित पिचट्री सहरकी कर्पाइल अढाइ वर्षकी हुँदा नै उनमा क्यान्सर भएको कुरा डाक्टरहरुले बताएका थिए । डाक्टरहरुले क्यान्सर सरीरमा फैलिसकेको र सोही कारण हात काट्नुपर्ने भनेर उनको दायाँ हात काटेका थिए । तर त्यसको पाँच महिनापछि भने उनको रोग क्यान्सर नभएको र उनी जटिल फाइब्रोडिस्प्लाजिया ओस्सिफिकान्स प्रोग्रेसिभा रोगबाट पीडित भएको पत्ता लगाए ।
आफु भौतिक रुपमा मानव मूर्ति बन्दै गएको उनी बताउँछिन् । २५ वर्षकी हुँदा आफ्नो दाहिने खुट्टा चल्न छाडेको र त्यसपछि आफुले हिँडडुलका लागि लौरोको सहारा लिनुपरेको उनको भनाइ छ । उनी भन्छिन् : म कति समयसम्म हिँडडुल गर्न सक्छु थाहा छैन तर अहिले मैले सकेजति अनुभव सँगालिरहेकी छु ।
यति भयानक रोगले काल कुरिरहने अवस्थामा पुगेको भएपनि उनको हिम्मत हराएको छैन । उनले आफुजस्तै अपांगहरुको लागि सद्भावना दूत बनेर वर्षेनी सामुद्रिक सफ्रिंगमा निस्किन्छिन् र बेलाबेलामा हि्वलचेयर मात्रामा पनि निस्किन्छिन् । उनले दलाइ लामा लगायत विश्वका विभिन्न प्रसिद्ध व्यक्तिहरुलाई समेत भेटिसकेको बताउँछिन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्राप्त प्रतिकृया (१)
- यसलाइ homeopathy वा अन्य बैकल्पिक उपचार गर्न सकिंदैन त ?Like or Dislike:
4
0
[Reply]
यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
विचित्र संसार
- यी अभागी महिला, जसको सरीर ढुंगा बन्दै गइरहेको छ (फोटो फिचरसहित)
- यो पो हो तरिका : सुरक्षाको अनौठो शैली (फोटो फिचर)
- दुनियाका केही अनौठा अन्धविश्वास
- यौन सम्पर्कका लागि विदा दिने सरकारको तयारी
- कलियुगको कामधेनु गाइ, जसले ब्याउँदै नब्याइकन पनि दिइरहेको छ दुध
- जब एयरपोर्टमा पोर्न फिल्म चल्न थाल्यो…..
- मोबाइल फोन फ्याँक्ने प्रतियोगिता (भिडियोसहित)
बिजनेस
- अनुदानको तेल लिन २६ ट्यांकर केरुङ गए
- आलु र प्याजको मूल्य घट्याे
- ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
- राष्ट्र बैंकले मंसिर २ गते ५ अर्बको तरलता प्रशोचन गर्ने
- डीडीसीका अधिकृत शर्मा विरुद्ध अख्तियारद्धारा मुद्दा दायर
- तिहारमा साढे दुई करोड फूलको किनबेच
- विराटनगरको रानी भन्सारबाट २८ ट्यांकर इन्धन भित्रियो
मनोरञ्जन
- बलिउड कलाकार सइद जफरीको निधन
- स्टार शैलीः १८ बर्षकी काइली बोक्छिन् २० हजार डलरको ब्याग
- सुटिङका क्रममा आमिर खान घाइते
- ‘लिरिल फ्रेस फेस’मा फ्रेस बनाउने सुन्दरी
- रक्षाको सौन्दर्यले भुतुक्कै ‘जीग्री’, ‘सक्की गो नि’ नहेरी भात नखाने बालक पनि भेटिए
- पूजनाले ‘चकलेट’ व्यापारबाट असाहय बालाबालिकाका लागि भवन बनाउने
- अनमोलले झुटो बोले या साँचोः आनासँग थिएन प्रेम, हालसम्म एक्लै
ShareThis Copy and Paste