FACEBOOK

https://www.viglink.com/

Friday, October 16, 2015

नेपालमा इन्धन पठाउन सक्ने चीनको संकेत

नेपालमा इन्धन पठाउन सक्ने चीनको संकेत

२०७२ असोज २९ गते १५:१२ मा प्रकाशित
Hua-Chunying
२९ असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरिरहेको बेला चीनले भने नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको संकेत गरेको छ ।
नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालको विषयमा प्रश्न सोधेका थिए । उनको प्रश्न थियो-‘नेपालमा भुकम्प गएदेखि अवरुद्ध रहेको चीन-नेपालबीचको केरुङ सिमा नाका हिजोबाट पुन सञ्चालनमा आएको छ । के यो सत्य हो ? के यसलाई पुष्टि गर्न सक्नुहुन्छ ? के चिनिया पक्षले नेपाललाई इन्धन आपूर्ति गर्न सक्छ ?’
जवाफमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालको अनुरोधलाई हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताएकी छन् ।
‘नेपाल र चीनबीचकेा जिलुङ नाका गत २५ अपि्रलमा नेपालमा भुकम्प गएदेखि अवरुद्ध थियो । हिजोबाट यो सुचारु भएको छ । आज बिहान चिनीया पक्षले नेपाली पक्षलाई उक्त सिमाबाट सहायता सामग्रीहरु पनि आपूर्ति गरेको छ’ उनले भनिन्-‘नेपालको अनुरोधलाई हेरेर उसलाई सहयोग गर्न चिनीया पक्षले अधिकतम प्रयत्न जारी राख्ने छ ।’

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

No comments:

Post a Comment