
नाति नातिनाको लागि रुखमै तीनतले घर (फोटोफिचर सहित)

सावाँको भन्दा ब्याजको माया भन्नेे उखानै छ । अर्थात् छोराछोरीको भन्दा नातिनातिनाको माया धेरै हुन्छ भन्छन् बुढापाकाहरु । र, हो पनि । हजुरबा हजुरआमाको माया पाउने भाग्यमानी बच्चाबच्चीहरुले यो अनुभव गरेकै हुनुपर्छ की बुढा भएर कुप्रिएका हजुरबा हजुरआमाले नाति नातिनीका खुसीको लागि आफ्नो गाँस काटेरै भएपनि खानेकुरा तथा लुगाफाटो समेत किनिदिएका हुन्छन् । नाति नातिनीको खुसीको लागि हजुरबा हजुरआमाहरु के सम्म गर्दारहेछन् भन्ने कुरा अमेरिकाका एक मायालु हजुरबाले प्रमाणित गरिदिएका छन् ।
म्यासाच्युसेट्सका बासिन्दा ५९ वर्षीय जे
हेविटले आफ्नो ६ वर्षे नाति र ४ वर्षे नातिनीको मनको इच्छा पूरा गरिदिनका
लागि सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने काम गरेर देखाइदिए ।
नाति नातिले खेल्ने क्रममा भनिरहेका
हुन्थे की उनीहरुको एउटा छुट्टै घर होस् अनि त्यो घर अरुहरुको भन्दा भिन्नै
होस्, हट होस् । केटाकेटीको यो मनोभावनालाई धेरैपटक साक्षात्कार गरेका
हेविटको मनमा लालाबालाको इच्छा पूरा गरेरै छाड्ने आकांक्षा पलायो । एनिमल
प्लानेट टेलिभिजन च्यानलमा आउने चर्चित शो टि्र हाउसबाट प्रभावित भएर
अन्ततः उनले नाति नातिनाका लागि सपनाको घर बनाइदिए ।
मायालु हजुरबा हेविटले आफ्ना नातिनातिनीको
लागि ४० फिट लामो रुखमा तिनतले घर निर्माण गरिदिए । निकै सुन्दर त्यो घर
बनाउने क्रममा उनले आफ्नो छोराको आइडिया पनि लिए र पूरै दुइवर्ष लगाएर घर
तयार गरे ।
यो अनौठो तथा सुन्दर काठको घरमा निकै भव्य
सिँढीहरु, झ्यालढोका, बार्दली, भेन्टिलेसन सिस्टम, विजुलीबत्तिको
व्यवस्था, ठूलो वैठक कोठा तथा केटाकेटी खेल्ने ठाउँ समेत छ ।
न्यु ह्याम्पसायरस्थित एउटा पानीको पोखरी
नजिकैको रुखमा यो घर बनाइएको छ । आफुहरुको सपनाको घर देखेर बच्चाबच्चीहरु
कम्ता खुसी छैनन् । सायद उनीहरु दुनियाका सबैभन्दा भाग्यमानी बच्चाहरु
होलान् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
-
नाति नातिनाको लागि रुखमै तीनतले घर (फोटोफिचर सहित)
-
चार वर्षको बच्चा गर्भवती ! पेटबाट निकालियो भ्रुण
-
किन रद्द भयो यौनशक्ति सम्बन्धि हाजिरी जवाफ ?
-
मुस्लिम महिलाले गणेश मन्दिरमा जन्माइन् बच्चा
-
यस्ता छन् विश्व दाह्री जुँगा प्रतियोगिताका प्रतिस्पर्धीहरु (फोटोफिचर)
-
भैँसीले जन्मायो अनौठो जीव : आधा गोही, आधा भैँसी
विचित्र संसार
- नाति नातिनाको लागि रुखमै तीनतले घर (फोटोफिचर सहित)
- चार वर्षको बच्चा गर्भवती ! पेटबाट निकालियो भ्रुण
- किन रद्द भयो यौनशक्ति सम्बन्धि हाजिरी जवाफ ?
- मुस्लिम महिलाले गणेश मन्दिरमा जन्माइन् बच्चा
- यस्ता छन् विश्व दाह्री जुँगा प्रतियोगिताका प्रतिस्पर्धीहरु (फोटोफिचर)
- भैँसीले जन्मायो अनौठो जीव : आधा गोही, आधा भैँसी
- जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्
बिजनेस
मनोरञ्जन
- अमिताभलाई ४ किलोमिटरसम्म छाडेन बाघले
- ‘आन्टी भएर हराउन्न, नायिका नै भएर रहन्छु’ : रेखा थापा
- मोडलको साथमा न्यूड समय बिताएपछि नयाँ यूवतीसँग जस्टिन
- ‘भन्थ्यौ आमा’ले जन्माएको ‘परदेशी’को कथा
- ‘आधा पेज’मा सलोनसँग चुम्बन गर्न मानेकी थिइनन् रीस्ताले
- लिपकिसको खबर छापिंदा आलियालाई रमाईलो
- ‘अखण्ड नेपाल’ भन्दै बैङलोरमा नेपाली विद्यार्थीको कन्सर्ट
Like or Dislike:
October 8th, 2015 at 11:51 am
sansar ma kunai pani sthir chaina, tyasaile saibailai ek din janu parchha tyo rukh ta k ho ra
Like or Dislike:
October 8th, 2015 at 2:03 pm
यो त केटाकेटीलाइ रमाइलो गर्न बनाएको घर हो । लड्यो भने फेरि बनाए हुन्छ अर्को रुखमा ।
Like or Dislike: