नेपालगन्ज नाकाबाट तीन दिनमा ५३ ट्यांकर इन्धन भित्रियो
- फाइल तस्वीर
आरपी सुवेदी
२९ असोज, बाँके । नेपालगन्ज । पछिल्लो तीन दिनमा नेपालगन्जको जमुनाह नाकाबाट ५३ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । शुक्रबार दिउँसो १ बजेसम्म जमुनाहबाट १२ ट्यांकर डिजल र १ ट्यांकर हवाई इन्धन भित्रिएको छ ।
२९ असोज, बाँके । नेपालगन्ज । पछिल्लो तीन दिनमा नेपालगन्जको जमुनाह नाकाबाट ५३ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । शुक्रबार दिउँसो १ बजेसम्म जमुनाहबाट १२ ट्यांकर डिजल र १ ट्यांकर हवाई इन्धन भित्रिएको छ ।
बिहीबार १३ ट्याकंर डिजल, १ ट्यांकर पेट्रोल र ४ ट्यांकर हवाई इन्धन नेपाल भित्रिएका थिए । गत बुधबार डिजेल बोकेका १३, पेट्रोल बोकेका ६ र मट्टतिेलका २ ट्यांकर तथा ग्यासको एउटा बुलेट नेपाल प्रवेश गरेको ईलाका प्रहरी कार्यालय जमुनाहा चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए ।
भारतीय सुरक्षा बल (एसएसबी) ले आलु, कुखुराको दाना, तरकारी र फलफूलका लोड गरिएका मालवाहक गाडीहरु सुरक्षा जाँचमा खासै कडाइ गरेको छैन । जमुनाहमा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरुलाई पनि भारतीय प्रहरीले सहजरुपमा पठाउने गरेको प्रहरी नायव निरीक्षक गिरीले जानकारी दिए ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
No comments:
Post a Comment