
रुट फेरेर ग्यास ल्याउने प्रक्रिया टुंगिएको छैन : निगम
१ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले रक्सौलमा अलपत्र परेका ग्यास बुलेट अर्को नाका हुँदै नेपात्र भित्राउने प्रक्रिया टुंगोमा नपुगेको जनाएको छ । त्यसका लागि भारतको आन्तरिक राजश्व विभागले अनुमति दिनुपर्ने भएकाले नेपाली अधिकारीहरु त्यसको प्रयासमा छन् ।

‘हाम्रा प्रतिनिधि रक्सौलमा रोकिएका ग्यस बुलेटलाई सडक र भन्सार रुट परिवर्तन गरी नेपाल ल्याउन प्रयत्नरत छन् । बाहिर सञ्चारमाध्यममा आएको जस्तो सबै प्रक्रिया टुंगिएको छैन,’ बरालले भने, ‘त्यसका लागि भारतको आन्तरिक राजश्व विभागले अनुमति दिनुपर्छ । अहिलेसम्म प्रक्रिया अन्तिममा पुगेको जानकारी छैन ।’
आयल निगमले रुट परिवर्तनको अनुमति पाउन अझै केही समय लाग्नसक्ने उल्लेख गरेको छ । रुट परिवर्तन गरेर ग्यास ल्याउने प्रक्रिया अघि बढाउन निगमका निमित्त निर्देशक तथा ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरे भारतमा छन् ।
‘रक्सौल भन्सारमा आएका कागजातलाई भारतीय आन्तरिक राजश्व विभागमा पुर्याएर स्वीकृत गराउन लागेका हौं,’ प्रवक्ता बरालले भने, ‘रक्सौलमा अलपत्र बुलेट ल्याउन सकिएमा केही भएपनि राहत मिल्ने छ ।’
रक्सौल नाकामा निगमका लागि ग्यास बोकेर आएका २ सय ५० भन्दा बढी ग्यास बुलेट अलपत्र छन् । एउटा बुलेटको ग्यासले १२ सय ५० सिलिन्डर भर्न पुग्छ । जसअनुसार सबै ग्यास बुलेट रुट परिवर्तन गरी नेपाल भित्रिएमा झण्डै ३ लाख ५० सिलिन्डर भर्न सकिन्छ ।
वीरगञ्ज नाकामा मधेसी मोर्चाले शिविर नै खडा गरेर नाकाबन्दी गरेपछि भारतीय सीमामा हजारौं मालबाहक गाडीसँगै ग्यास, डिजेल र पेट्रोल बोकेका गाडीहरु अलपत्र छन् । तिनीहरुलाई सहज भएका भैरहवा लगायतका नाकाबाट ल्याउन प्रयत्न भइरहेको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्राप्त प्रतिकृया (१)
- Why, you guys are not trying to resolve the issue of Madhesh? Today problem is at Birgunj. Tomorrow same problem will be at Bhairahawa and other border points. India shouldnot permit you silly guys. Solve your internal problems. It will come solution automatically.Like or Dislike:
10
21
[Reply]
यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
विचित्र संसार
- ६० लाखवटा लाससँग रात बिताउने मौका (फोटोफिचर सहित)
- अमेरिकी सेनाकी पूर्व अधिकृत भन्छिन् : मलाई चन्द्रमामा लगेर बलात्कार गरियो
- विश्वका सबैभन्दा डरलाग्दा पुलहरु (फोटोफिचर सहित)
- कक्षाभित्रै यसरी नांगिइन् बायोलोजी पढाउने शिक्षिका
- युवतीको काखमा मस्तसँग हात्ती सुतेपछि …
- जहाँ वैश लुकाउन किशोरीका वक्षस्थल तातो ढुंगाले डामिन्छ
- यहाँ हुन्छ सर्पहरुको रहस्यमय बैठक, भेला हुन्छन् हजारौँ सर्प (भिडियो सहित)
बिजनेस
मनोरञ्जन
- भ्रष्टचार विरुद्धको ‘सत्यदिप’
- केकीको सपनामा सरोज, रमेश र जीवन, भन्दैछिन्-‘आइ डन्ट नो’
- ‘हेट स्टोरी’मा जरिनले पार गरिन् सिमा, चुम्बन र बेडसिन मात्र ट्रेलरमा
- बिकिनी सुहायो भने फेरि लगाउँछु : आलिया भट्ट
- पशुपति शर्माले गाए ‘ब्रासलेट’ गीत, रमेश र रजनीको छमछमी
- इन्दिरा र प्रियंकाको यस्तो अवतार, बने ‘लोकल ब्यूटी’
- राजेशपायलको दसैं युरोपमा
ShareThis Copy and Paste