FACEBOOK

https://www.viglink.com/

Sunday, October 18, 2015

चीनमा पेट्रोल कति छ ? नेपालमा ल्याउँदा कति पर्छ ?

चीनमा पेट्रोल कति छ ? नेपालमा ल्याउँदा कति पर्छ ?

२०७२ असोज २२ गते १९:३८ मा प्रकाशित
 24.4K  478 
  0
-अरुणकुमार सुवेदी
यसपटकको नेपाल-भारत तनावमा नेपालले परम्परागत रुपमा चिनियाँ कार्ड खेले पनि चिनियाँ कार्डको स्वरुप भने अलग प्रकारले चर्चामा आएको छ ।
यो तिक्त अवस्था नेपालमा दशकौंदेखि चली आएको पश्चिम वनाम भारत वा पश्चिम वनाम भारत-चीन शीतद्वन्द्वको पछिल्लो परिदृश्य हो । यसले राष्ट्रको स्थायित्व र अखण्डतामा चुनौति दिएता पनि केही अवसर पनि लिएर आएको प्रतीत हुन्छ ।
यही अवसर मध्येको एक विषय लिएको छु, चीनसँगको पेट्रोलियम पदार्थको सम्भावित व्यापार । यसलाई लामो रोदनवीचको अल्प मुस्कानझैं लिएर स्वप्नकार लेख्न चाहन्छ :
पेट्रोलियम पदार्थमा चीनको अवस्था
चीन आफैं पेट्रोलियम पदार्थको निर्यातक राष्ट्र होइन । उसले आफ्नो कुल मागको ५४ प्रतिशत आयात गर्छ । त्यसमध्ये सबैभन्दा बढी खाडीक्षेत्रबाट आयात हुने गर्छ चीनले आफ्नो उत्पादन पूर्वीय र दक्षिण तटीय क्षेत्रमा नै बढी खपत गर्छ ।
आयातीत कच्चा तेल पनि तटीय क्षेत्रमा नै आउने र आफ्नो उत्पादन पनि त्यही क्षेत्रमा रहेबाट चीनको ९० प्रतिशत पेट्रोलियम रिफाइनरी त्यही क्षेत्रमा छन् । बाँकी गान्सुको ल्यान्चाउ र सिन्जियाङमा छन् ।
चीनको व्यापारिक तथ्याङ्क हेर्दा इन्धनमूलक पेट्रोलियम उत्पादन निर्यात गरेको देखिन्न, उत्तर कोरियालाई छाडेर । यस अवस्थामा नेपालसँग पेट्रोलियम पदार्थको दीर्घकालीन व्यापार चीनले गर्ला, नगर्ला पक्कै प्रश्ननीय कुरा हो ।
सम्भावित रुटहरु
१. भौगोलिक निकटताको हिसावमा सिचुवानको चेङदुबाट यान-लाङकाङ बेसिन-नु बेसिन हुँदै तिब्बतको र्‍यालुङ सेङपो ग्रेेट क्यानीयोन क्षेत्र पार गरी मेदोक-नियान्ची-लासा हुँदै नेपाल ल्याउन कम दुरी हुने देखिन्छ ।
nepal-to-tibet-friendship-highway
तर, यसको भौगोलिक विकटता यति ठूलो छ कि चीन स्वयमंले ल्हासामा रेल ल्याउन यो रुट रोजेन । यसको सट्टा छिन्गाइबाट टेंगला पर्वतमाला कटाएर ल्याउन सजिलो मान्यो । त्यस क्षेत्रबाट पाइपलाइन ल्याउन पनि नेपाल र तिब्बतको उपभोग परिमाणले थेग्न सक्दैन । त्यसकारण यो रुट सम्भव देखिन्न ।
२. छिन्गाइ र गान्सुका कुवाहरुबाट प्राप्त पेट्रोलियम पदार्थ लेन्चाउको रिफाइनरीमा प्रशोधन गरिन्छ । यो सहर छिन्गाइको राजधानी सिनिङ र अर्को शहर गोलमट हुँदै ल्हासासँग रेलले जोडिएको पनि छ, यसकारण यो रुट मात्र निर्विकल्प देखिन्छ नेपालका लागि ।
मूल्य कति पर्ला ?
अहिले चीनको पेट्रोलको औषत खुद्रा मूल्य नेरुमा १०९ को हाराहारी (अमेरिकी डलर १.०४)पर्न जान्छ जसमा १.५२ चिनिया युयान कर हुने गर्छ । यसको गणितका आधारमा पेट्रोलको एक्स रिफाइनरी मूल्य ८० रुपैयाँसम्म पर्न जानेछ । नेपालमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ छ ।
यदि लेन्चाउबाट आयात गर्ने हो भने चीनको सामान्य ढुवानी दर रेल र सडक मिलाउँदा ०.१५ युयान प्रति कि.मि, प्रति के.एल पर्न जान्छ । लेन्चाउवाट लासा २२०० कि.मी र काठमाण्डौ थप १००० कि.मि गरेर जम्मा ३२०० कि.मि पर्दछ । अर्थात काठमाण्डौसम्मको १००० लि. को ढुवानी ४८० युयान पर्न जानेछ । जर्ती भाडा र एक्स रिफाइनरी मूल्य गरी रु ९० को हाराहारी पर्न जाने देखिन्छ ।
सरकारले अहिले पेट्रोलमा विभिन्न खाले कर र मु.अ.क गरी रु २६ प्रतिलिटर लिने गर्दछ । नेपाल आयल निगमको शिरोभार खर्च, मुनाफा, पेट्रोल पम्पको मुनाफा, एवं जर्ती मिलाउँदा आजको मूल्यमा १२५ देखि १३० रुपैयाँसम्म प्रतिलिटर पर्ने देखिन्छ ।
त्यस्तै डिजेलमा परल मूल्य कम भएता पनि करको कारणले ११५रुपैयाँ प्रतिलिटरसम्म पर्ने इन्टरनेटको अध्ययनबाट देखिन्छ ।
भारतको प्रशंग
चीनले नेपालको विषयलाई लिएर भारतसँग पञ्जा लडाउला ? यो अर्काे महत्वपूर्ण विषय हो । नेपालमा अहिले भारतको विकल्पमा चीनलाई जसरी बहसमा ल्याइएको छ, त्यसरी नै चीनको अवस्था बुझ्ने कोशिस भने गरिएको छैन ।
अहिले भारतले देखाएको प्रतिक्रियात्मक कुटनीतिको जड भारत वा मोदीलाई कमजोर बनाउने र चीनलाइ घेर्न भारतीय नेतृत्वलाई आफुसँग आउन बाध्य पार्ने पश्चिमी रणनीतिसँग नेपाल उभिन पुग्नु नै हो । यति कुरा विश्व शक्तिराष्ट्र चीनले नबुझ्ने कुरै छैन ।
यसकारण भारतको अघोषित नाकावन्दीको प्रतिकृयामा हामीले जति तातो रुपमा चिनियाँ कार्ड खेल्यौं, चीनको रेस्पोन्स भने त्यसको सापेक्षमा चिसो रहेको देखिन्छ ।
जतिखेर चीन र भारतको सम्वन्ध अत्यन्त तनावपूर्ण थियो, त्यसबखत पनि चीनले आफूलाई असर नपर्ने गरी भारतसँग नै असल सम्बन्ध राख्न नेपाललाई सझाव दिएकै हो । कुरा स्पस्ट छ, त्यस समयदेखि आजसम्म नेपाल नामको भारी बोक्न चीन तयार देखिँदैन ।
नेपाल-भारत सम्वन्ध एकपटक फेरि तनावग्रस्त भएको छ । ०१६ सालदेखि नै एकअर्कावीच घनिष्ट सम्बन्ध छ भन्नुपर्ने वाध्यता भएको तर विश्वास र भरोषापूर्ण सम्वन्ध कहिल्यै नभएको अवस्था हो नेपाल भारत सम्वन्ध ।
सह-सांस्कृतिक विरासत र सहभुक्तिको नागरिक सम्वन्ध रहेका यी दुई राष्ट्रहरुमा यस्तो सम्वन्ध रहनु दुबैको कुटनीतिक र रणनीतिक असफलता हो । यस्तो तरल सम्वन्ध-आधार भएका राष्ट्रहरुवीच समय-समयमा तनाव उत्पन्न हुनु स्वभाविक हो ।
यसपटक भारतलाई चीनसँग रणनीतिक साझेदारी गर्ने महेन्द्रकालीन धूर्त घुक्र्याइँबाट बाहिरिएर नेपालले सामान्यरुपमा आफ्नो व्यापारिक विकल्पका रुपमा अगाडि ल्याएको छ । यद्यपि कुटनीतिक, राजनीतिक र मिडियानीतिक टिप्पणी भने त्यही महेन्द्र मोडेलको धूर्त घुक्र्याइँ वा भारत विरोधी हुनु नै राष्ट्रवादी हुनु हो भन्ने कम्युनिष्ट क्लासिकल सोचमा व्यापक रहेको देखिन्छ ।
नेपाल भारत सम्वन्धलाई लिएर मैले यथेष्ट लेखेको पनि छु र हालसालै प्रकाशित पुस्तक जल सपनामा पनि लामै विश्लेषण गरेको छु । परिस्थति वस केही प्रसंगहरुको पुनरुक्ति हुनुपर्ने भयो ।
भारत-चीन सम्बन्धको वर्तमान अवस्था
आधुनिक भारतको जन्मकाल अर्थात् स्वतन्त्र भारतको स्थापना कालमा नेहरू मोडेलको विदेश सम्बन्ध थियो, जसलाई शान्त र सहनशील मोडेलका रूपमा लिन सकिन्छ । त्यस बखत भर्खरमात्र साम्यवादी भएको चीनमा माओत्सेतुङले अलि आक्रामक र दबावकारी विदेश नीति अवलम्बन गरेका थिए । चीन अमेरिकाको घोर विरुद्धमा थियो र आफूलाई एक्लो सक्षम शक्तिका रूपमा प्रस्तुत गरिरहेथ्यो ।
राष्ट्र सङ्घको सदस्य पनि नरहेको चीनले म्याकमोहन रेखालाई अन्तर्राष्ट्रिय सीमा नमान्ने उद्घोष गर्दै युद्ध हुनुपूर्व नै मनोवैज्ञानिक युद्धको उद्घोष गरिसकेको थियो । त्यसबखत अमेरिकासँग पनि कुनै साझेदारी नभएको र सन्य शक्तिमा खास सुदृढ गरिनसकेको भारतमाथि तीव्र दबाव थियो जसको परिणामस्वरूप युद्ध नै भयो । सायद यो हिमालयका दुईतर्फी राष्ट्रहरूवीचको सम्बन्ध सर्वाधिक दुःखद अध्याय थियो ।
चीन-भारत युद्ध पश्चात् भारतले पाकिस्तानसँग पनि युद्ध लड्नुपर्‍यो । त्यसपछिको भारत, खासगरी इन्दिरा गान्धीकालीन भारतको विदेश नीति भने नेहरूको भन्दा एकदमै अलग देखिन्छ, आक्रामक र हस्तक्षेपकारी । त्यसताका दक्षिण एसियामा कस्ता घटना भए, इतिहासमा अङ्कितै छन् । इन्दिरा गान्धीकालीन परराष्ट्र नीतिले नेपाली कांग्रेसमा खासगरी बीपी कोइरालामा पनि तीव्र प्रतिक्रियात्मक तथा रक्षात्मक सोच उत्पन्न भएको विश्लेषण छ यस स्वप्नकारको, जसको परिणाम थियो- मेलमिलापको सिद्धान्त । आज भारत र चीन दुबैको परराष्ट्र नीतिमा आमूल परिवर्तन आएको छ । तनावहरू शान्त भएका छन् । दुबैले विवादहरू थाती राखेर आपसी निर्भरता र सम्बन्ध अगाडि बढाइरहेका छन् ।
चीनका लागि भारत त्यो बजार हो जहाँ समग्र युरोपका धनीहरूको पूरा आवादी बराबर धनी मानिसहरू छन् । पूरा अमेरिकाको जनसङ्ख्या बराबरको मध्यम वित्तीय जनसङ्ख्या छ र पूरा अफ्रिकाका गरिबहरू जति गरिब भारत एक्लैमा छन् अर्थात् उपभोक्ता बजारको कसीमा भारत एक्लै युरोप, अमेरिका र अफ्रिका बराबर छ । अर्कातर्फ औद्योगिक र पूर्वाधार विकासमा पनि भारतको बजार अत्यन्त ठूलो छ ।
चीनजस्तो निर्यातमूलक अर्थ प्रणाली भएको राष्ट्र कुनै पनि सर्तमा भारतलाई गुमाउन चाहन्न । यस्तै भारतका जरुरतहरूका लागि चीनजस्तो सस्तो स्रोत अर्को छैन । तिनै वस्तुहरू युरोप वा अन्य राष्ट्रवाट आयात गर्नुपरेमा भारतको व्यापारघाटा झनै ठुलो हुनेछ । अर्को महत्वपूर्ण कारण हो,, सामरिक अर्थतन्त्र । यी दुबै राष्ट्र अत्यन्त लामो र विकट सिमानाले छुट्याइएका छन् ।
यदि तनावका कारण सीमाक्षेत्रमा सामरिक क्रियाकलाप गर्नुपर्‍यो भने दुबैका लागि अत्यन्त प्रत्युत्पादक हुनेछ । यी सबै पक्षलाई मनन गरी भारतले नेपाल-ममला र अन्य अन्तर्राष्ट्रिय मुद्दामा चीनसँग निकट सम्बन्ध बनाउने संकेतहरू यथेष्ट देखापरिरहेछन् । भारतको परराष्ट्र नीतिलाई यस दिशातर्फ लैजान प्रधानमन्त्री मोदीलाई त्यति सहज भने छैन ।
भारत एउटा उदार प्रजातान्त्रिक देश भएकाले गैरसरकारी संस्थाहरू मार्फत् जनताको भावना चीनविरोधी बनाउनलाई पश्चिम परिपालित संस्थाहरू लागेका छन् । विगतको भारत-चीन सम्बन्धको अवस्था र परराष्ट्र नीतिले पनि त्यस्तो भावनालाई थोरबहु-त बल पुगेकै हो । भारतीय प्रेसले पनि पश्चिमभन्दा चीनलाई बढी लक्ष्य बनाइरहेका छन् । पश्चिमा विश्व विद्यालयहरूबाट उत्पादित विद्वानहरूको भावभूमि त झन् यसैतर्फ लक्षित छ । यसकारण चीनसँगको सम्बन्ध अनुकूल बनाउन मोदीले धेरै अप्ठ्याराहरू पार गर्नु पर्नेछ ।
अर्कातर्फ भारतले अमेरिकाको दबाव धेरै क्षेत्रबाट झेलिरहेछ । मध्य एसिया अफगानिस्तान खाडी मुलुक र अस्टेलियामा अमेरिकाको सन्य उपस्थिति नै छ । दियागो ग्रासियामा बेलायतको सैन्य अखडा छ । तेल मार्फत् पनि भारतले ठुलै दबाब झेलिरहेछ । कोइला पनि अस्ट्रेलियाबाट ल्याइरहेछ । भारतीय रुपैयाँमाथि बढ्दै गएको अमेरिकी डलरको मौद्रिक दबाब त्यत्तिकै महत्वपूर्ण छ । यी सबै दबाबहरूलाई सन्तुलन गर्न ब्रिक्स मार्फत् नयाँ कूटनीतिकमार्गमा मोदीजी हिँडेका सङ्केतहरू आइसकेका छन् । यसका अतिरिक्त अमेरिकामा रहेको भारतीयहरूको ठुलो जनसङ्ख्या पनि भारतको महत्तवपूर्ण शक्ति हो ।
अमेरिकामा रहेका चिनियाँहरू वर्तमान चिनियाँ संस्थापनको विपक्षमा छन् । भारतीयहरू भने भारतीय संस्थापनको पक्षमा देखिन्छन् । यो भारतका लागि ठुलो कूटनीतिक सम्पत्ति हो । मोदीजस्ता तेजतरार राजनीतिज्ञले यही सम्पत्ति मार्फत् अमेरिकी संस्थापनलाई दह्रा सङ्केतहरू दिन सक्दछन् ।
चीनमाथि पनि सानो दबाव छैन । मध्य एसिया, जापान, दक्षिण कोरिया, ताइवान, फिलिपिन्स समेतबाट चीनमाथि अमेरिकाको सैन्य दबाव छ । अमेरिका र युरोपमा रहेको चिनियाँ जनसङ्ख्या मार्फत् पनि चीनको संस्थापनलाई ठुलै दबाब निर्माण भइरहेछ ।
अर्को, चीनमा बढ्दै गएको ख्रिस्तानी सांस्कृतिक अतिक्रमणले चीनलाई ठुलै चुनौती दिने सम्भावना छ । संसारमा दक्षिण कोरियापछि सबैभन्दा तीव्र गतिमा धर्मान्तरण भइरहेको जनसङ्ख्या चिनियाँ हो ।
यही स्थिति रहेमा दुई दशकभित्र संसारको सबैभन्दा ठुलो ख्रिस्तानी एकल जात चिनियाँ हुन सक्ने प्रक्षेपण गर्न सकिन्छ । जुन चिनियाँ संस्थापनका लागि ठुलो चुनौती हो ।
समग्रमा नेपालका दुबै महान् छिमेकीहरू सामरिक दबाव तीव्रतर रूपमा भोगिरहेछन् । यो पक्ष दुबै राष्ट्रहरूलाई एकैठाउँमा उभिन लगाउने कारण बन्दैछ ।
यदि वर्तमान प्रयत्नहरू सकारात्मक रूपमा अगाडि बढेमा भारत-चीन सम्बन्ध नयाँ अध्यायमा प्रवेश गर्नेछ, गर्नै पर्नेछ । यसको सीधा अर्थ छ- भारतसँगको सुखद सम्बन्धमात्र चीनसँग पनि राम्रो सम्बन्ध निर्माण गर्ने पूर्वसर्त बन्न सक्दछ ।
भारत चीन सम्बन्ध तनावपूर्ण रहँदा र तनाव शिथिलीकरण भइरहँदा पनि चीनले बारम्बार नेपाल-भारत सम्बन्ध विश्वसनीय हुनै पर्ने कुरामा जोड दिएको तथ्य सबैलाई जानकारी नै छ ।
बिडम्बना के छ भने, त्यसअनुसार नेपालले आफ्नो विदेश नीतिलाई परिमार्जन गर्न सकिरहेको छैन ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
   प्राप्त प्रतिकृयाहरू (४०)
  • sachin paudel लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १७:५५
    do you think india also produce oil as much as middle est???Or they are not inport oil from other country ??
    Bullshit….
    Hot debate. What do you think? Thumb up 87 Thumb down 30
    bogg Reply:
    please, do not comment if you don’t know how to write.
    Hot debate. What do you think? Thumb up 25 Thumb down 30
    Nawabh Reply:
    I’m in China now,I’ve objection regarding the price of petrol in China. I don’t know from where the writer of this article gathered the information, it’s totally different!
    They distribute 2 kinds of petrol from local gas station. Currently the price is 5.39 yuan(88.02 NRS) for normal and 5.89 yuan(96.19 NRS) per liter for ultra refined, including of all the taxes.
    Hot debate. What do you think? Thumb up 79 Thumb down 6
    sk Reply:
    hello bro china mai Nrs 96.19 dinu pareu bhane tyaha bata yaha free ma ta pakkai aaudaina hola ni… China ma MBBS gardai 6au so Business ko kura bujhdainau..
    Like or Dislike: Thumb up 10 Thumb down 35
    बाउन ब्रो Reply:
    तथ्य लाई तोड मरोड गरेर लेखिएको काल्पनिक कुरा यि भारतीय दलाल अरुण कुमार ले जनमानस मा फैलाउने कु चेस्टा गरेका छन !
    यिन ले छुटाएका या बङ्याएका कुरा !
    १, अहिले नै चीन तेल उत्पादन गर्ने राष्ट्र हरु मध्ये संसार कै चोउथो राष्ट्र हो (पहिलो रसिया, दोस्रो अमेरिका, तेस्रो साउदी अरेबिया चोउथो चीन) ! दछिनी चीन सागर मा रहेको तेल र ग्यास को उत्खनन सङै चीन पहिलो स्थान मा पुग्ने देखिन्छ ! जस्को तयारी स्वरूप चीन ले स्पार्ट्ली दिप समुह लगायत अन्य कृतिम दिप समुह बनाएर ठुला ट्यान्कर जहाज हरु लाई सुबिधा दिने, तेल र ग्यास उत्खनन गर्दा आवश्यक सरसामन को सुबिधा तथा रक्षा क्षेत्र को लागि ! यद्दपी चीन को यो उत्खनन पछी पनि चीन को समग्र आवश्यकअता पुर्ती गर्न भने सक्दैन !
    २। चीन मा रहेका हरेक सिटी लाई पाइप लाइन ले जोडीएको र नजोडीएका भाग सम्म रेल द्ववरा ढुवानी गरिएको !
    ३। यिन ले दिएको तेल को मुल्य शही हो तर त्यो स्ट्यान्डर को तेल केवल बिशेष शहर, बिशेष यन्त्र प्रणाली को लागि हो जुन सामान्य हाम्रो देश मा प्रयोग गरिदैन ! भारत मै यो स्ट्यान्डर को तेल रिफाइनरी छैन !
    ४। नेपाल र भारत मा प्रयोग गरिने तेल युरो ३ स्तर को हो, जहाँ नियमन नभएको अवस्थामा मट्टितेल मिसाइ बेचिन्छ !
    ५। युरो थर्ड तेल को खुद्रा मुल्य अधिक्तम ४,३० आर एम बि पर्छ, नेपाली मुल्य मा लग्भग ६८,८ रुपैया पर्छ ! अब ल्हसा सम्म पुगेको पाइप लाइन र सिगात्से सम्म पुगेको रेल (नेपाल सँग भबिस्य मा गरिने ब्यापार लाई ध्यान मा दिएर बिकास गरिएको शहर) लाई नजर अन्दाज गरेर, यिनै ले दिएको भ्रामक ढुवानी खर्च जोदेर नेपाल ले प्रयोग गरिरहेको स्तर को तेल के कती रुपैया मा पुग्छ आँफै हिसाब गरोउ !
    ५। अमेरिका मा रहेका चिनिया सस्थापना को बिरोध र भारतीय को सपोर्ट रहेको तथ्य लाई बोल्नु पर्ने जरुरी देख्दिन ! सिख हरु ले भारतीय सस्थापन लाई अमेरिका मा हालेको मुद्दा र चिनिया मुल का अमेरिकि ले आफ्नो देश मा भित्र्याएको एफ डि अाइ को तथ्यान्क ले नै बताउछ ! को कस को बिरोध र सपोर्ट मा छ भनेर !
    छ। यि चाटुक कार लाई यत्ती पनि ज्ञान रहेनछ – चीन मा खिर्चियन चीन सरकार को अथोरीटी लिएर चल्नु पर्छ – भ्याटिकन सिटी सँग चिनिया क्रिचियन को कुनै सम्बन्ध छैन ! जुन समय मा च्यङ काइ सेक को शासन थियो त्यो समय मा धर्म बदलाइएका चिनिया हरु क्रिस्चियन छन जसको सन्ख्या पातलिदै गएको चीन सरकार को रिपोर्ट हेर्न आग्रह गर्दछु ! यस् बारेमा भ्यटिकन ले चिन्ता जाहेर गरेको सि यन यन को समाचार हेर्न आग्रह गर्दछु !
    सात : चीन संसार कै पहिलो अर्थ ब्यबस्था बने सङै पक्कै पनि चीन मा दवाब बढेको छ् त्यो लेखक ले भने जस्तो नभएर – आर्थिक रूप मा साना देश नेपाल जस्ता ले पश्चिमा छाडेर चीन तिर मुख फर्काइ रहेका छन तीन लाई सहयोग गर्नु चीन को दयित्व हो ! विश्वा बैन्क, अाइ एम एफ र एसियन डेभ्लप मेन्ट ब्यान्क को आधिपत् मा चुनोउती दिनु, समग्र अफ्रिका मा रेल, तेल र खनिज मा अधिक सहयोग पुर्‍याउनु, आदी चीन को बिकासित अर्थ्तन्त्र का दबाब हुन !
    यसो भनिरहदा नेपाल ले भारत सँग को सम्बन्ध चट्क्कै छाडेर चीन सँग मात्रै सम्बन्ध गासिनु पर्छ भनिएको होइन ! भारत सँग नेपाल को जुन भूमिका छ त्यो आफ्नो ठाउँ मा छ् तर चीन सँग ब्यापारिक, भु राजनैतीक, आर्थिक सम्बन्ध जे अहिले छ् त्यो केही नभएको अवस्था मा छ् ! यहाँ लेखक ले भनिरहे जस्तो हरेक कुरा मा भारत कै चरण ढोगी रहनु पर्ने जस्तो नभइ भारत सँग को सम्बन्ध लाई बिस्तार गर्दै चिनिया सँग को सम्बन्ध लाई छलाङ मार्नु नै नेपाल लाई हरेक कुरा मा स्वतन्त्र राख्नु हो !
    Like or Dislike: Thumb up 14 Thumb down 2
    sudarshan Reply:
    Not a bullshit, it is reality .ठन्डा दिमागले साेचाै कुनै कसै प्रती पूर्वाह नगरि
    Like or Dislike: Thumb up 13 Thumb down 25
    yadav Prasad Gautam Reply:
    लेखक यो लेख्मा आफ्नो बुधिबिलास मै रमाएका छन । भारत लाई उदार प्रजातान्त्रेक भन्नु कम्तिमा अहिले कुनैपनी नेपाली लाई सैह्य छैन ।
    Hot debate. What do you think? Thumb up 49 Thumb down 7
  • पद्मप्रसाद आचार्य लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १८:२८
    सुबेदीजी तपार्इकाे यो विश्लेषणले आफूलार्इ राष्ट्रबादी भनाउने र चीनलार्इ मक्कामदिना मान्नेहरुको घैटोमा घाम लाग्छ कि । त्यसपछि मात्र चीनबाट इन्धन ल्याउने कि भारतसग सम्बन्ध सुधार्ने भन्ने ज्ञान प्राप्त होला ।
    Hot debate. What do you think? Thumb up 18 Thumb down 47
    Shrestha, Kathmandu Reply:
    India sang sambandha sudharne nam ma lampasar parne ki badhi bhanda badhi bikalp haru banai rakhne? ahile ta Nepal le aafno swabhiman girayeko bhaye yesto awastha aaune thiyena bhanera falakdai hidna matra baki chha timi haru jasta swonamdhanya buddijivi bhanauda haruko …
    Like or Dislike: Thumb up 13 Thumb down 6
  • kumar लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १८:३६
    China ko economy manufacturing ma ubheko chha ra india biggest consumer ho. In current situation China will not loose indian market in any cost.
    Hot debate. What do you think? Thumb up 54 Thumb down 9
  • Sateesh Bhattarai लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १८:४५
    There is a US Navy base in Diego Garcia not a British one. Get your facts right before publishing your article.
    Like or Dislike: Thumb up 36 Thumb down 5
    Arun subedu Reply:
    you are right sir sorry for little deviation in fact it is BIOT but naval base is US
    Like or Dislike: Thumb up 5 Thumb down 4
    Sateeah Bhattarai Reply:
    Apology is accepted…
    Like or Dislike: Thumb up 2 Thumb down 6
  • bikash लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १८:४५
    कती पैसाको बिष्लेसण होला ? दूतावास को ज्यालादारी कि , अस्थाइ कि थाइ नियुक्ती ?
    Hot debate. What do you think? Thumb up 78 Thumb down 16
    Bishnu Reply:
    Very nice analysis. Read entire article. But the relationship between India and China is colder than what is being stated in ur article. Having said that both country can not afford to loose each others market.
    Like or Dislike: Thumb up 9 Thumb down 4
  • आराम लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १९:१२
    यो पुर्णरुपमा भारतीय निर्देशनमा तयार गरिएको हो !!
    Hot debate. What do you think? Thumb up 56 Thumb down 15
  • nepali लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १९:१५
    यो लेख चै धेरै मात्रामा ठिक लाग्यो..चीनले हामीलाई तेति सजिलै भारतको बिपरित गएर चै पक्कै सहयोग गदैन l अरे यार भारत चीनको सबैभन्दा ठुलो बजार जो छ..ऊ आफ्नो व्यापारलाई घाटा थोडी गर्छ l तेसैले हामीले जत्तिनै चिन चिन गरे पनि यो बुज्नुपर्छ कि चिनपनि उहि द्यांगको हो l हस्त नमस्ते !!
    Hot debate. What do you think? Thumb up 23 Thumb down 28
    Great Reply:
    After seeing dislikes in this comment I undoubtly believe that hamro rastra bhakti India lai gali garera matrai auchaa……hahahahaha
    Like or Dislike: Thumb up 11 Thumb down 2
  • Bibek kc लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १९:२१
    लेखकको ‘भारत एउटा उदार प्रजातान्त्रिक देश भएकाले’ वाक्यले बुझाइहाल्यो । धेरै भन्नुपर्दैन । वरु यसो नेपालबाट भारततिरै वसाइ सरे हुन्छ, मधेसको आन्दोलनमा लागे हुन्छ । यस्ता विष्लेशन लेखेर जतनालाई भ्रममा पार्दै चीनको विपक्ष र भारतको पक्षमा नेपाली जनतालाई विभाजन गर्नुभन्दा दक्षिणतिरै लाग्दा फाइदा होला । गफाडी
    Hot debate. What do you think? Thumb up 74 Thumb down 15
  • India ma jagire Nepali लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १९:४९
    writer ji,
    1. suruma jati logical thiyo antim samma pugda tyati nai manipulative lekh lekhnu bhayo.
    2. ya embassy/indian gov le paisa diyeko hola athawa TRP badhaune kosis gardai hunuhuncha. dubai hisab le anaitik patrakarita dekhincha
    3. fact haru dherai ota naileko dekhiyo ra calculation ta bekar nai dekhincha chiya guff jastai
    jai hos !!
    Like or Dislike: Thumb up 20 Thumb down 11
  • bibek Kulung लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते १९:५४
    Yo lekhak sahityakar hoki kehe saral bhasa prayo garnuko satta alchhilagne sahittik bhasa prayog garchha ba
    Like or Dislike: Thumb up 3 Thumb down 4
  • KP Subarna लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते २०:००
    सोझै भने भैगोनि जस्तो मुल्य चुकाएर भएपनि भारतसंग समर्पण गर भनेर । किन दृष्टान्त दिन पर्‍यो, भारत गुलाम दोर्जे । यस्ता महान विष्लेशक तथा विद्वान भनाउदा विस्तारबादी दलालीहरू भएर नै नेपाली जनताले दुंख पाई रहेका छन् । यसको बदलामा के तपाई संग नेपाल कसरी आत्मनिर्भर बन्छ भन्ने सिध्दान्त चाही थिएनन? दक्षिणतिर काशि गयो कि क्या हो ? कुण्डादोर्जे ।
    Hot debate. What do you think? Thumb up 62 Thumb down 8
  • sam लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते २०:१३
    यति लामो लेखको छोटो अर्थ यो भारत को ‘ एजेन्ट ‘ हो। यो मान्छे राष्ट्रबादी , देशभक्त नेपालीहरुलाई हतोउस्ताहित गर्दै छ , डराउदैछ।
    Hot debate. What do you think? Thumb up 66 Thumb down 8
    Ashok kumar pandey Reply:
    Mathiko lekh ati bastabik ho yo kura hamra nepali neta le na bujheka chhan bhanera ma bhanna sakdina tara uni haru lai agadiko bhadoko tato bhat nai kafi bhayera uni haru lamo bato tira sochna tayar chhainan yesko bikalpama aba hamile afnai desma bhayeko urja lai nai jod tod ka sath sarokar wala sthaniya janata lai bujhai chhito bhanda chhito samjhdarima lyai utpadan karyama kunai bebadhan huna na di urja bikas gari paranorbharata hatauna saknunai uttam bikalpa huna sakchha tes samaye sammako lagi bharat sanga asal kutniti marfat ayat garnai parne badhyata lai najar andaj garnu hunna aba hami ghoda ra khacchhad bata vari bokne ra daura bata bhat pakaune bhani khokro nara dine tira nagai buddimani purbak afnai desma bhayeko sabai kisimko urja bikas gare sabai samasyako hal hune dekhinchha antama urja wa anne kura ko bikas garna afnai deska compony harulai parichalit garna samet bhulnu hunna kinaki Bidesi comp. le kam garda pryog garne equipment lathalinga sanga chhadne ra tiniharuko rakam bhane nepal bata pahile nai li sakne bhayeko ra nepali comp le kam garda bholi pani tyo equipment kam lagi rahane hunda nepal ra nepali lai faida hune dekhinchha
    Like or Dislike: Thumb up 4 Thumb down 5
    Rastrabadi nepali Reply:
    Samji you are right. 100% sure this is an agent.
    Like or Dislike: Thumb up 6 Thumb down 2
  • Ram Babu Nepal लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते २१:१७
    Good analysis. However, what we should do at this critical time? Should we surrender or consider logical options? India is making our life difficult although we are also responsible for it. Such article will be more useful if you could give your thoughts on solution.
    Like or Dislike: Thumb up 6 Thumb down 3
  • Rai Yang Pitang Chhu लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते २२:०३
    Dhotiko bhanda mahango bhae tapani upabhoktaharulai ghaata hune 6ina kinabhane Chin bata aaune tel shuddha hun6 Dhotiko jasto misaawat hudaina jasle garda gaadile dherai mileage dine6 sathai tikau pani hune6.
    Like or Dislike: Thumb up 5 Thumb down 3
  • Pasang लेख्नुहुन्छ    |   २०७२ असोज २२ गते २३:१८
    Tapain haru sabbai rastra-vadi haru lai 2 wata prasna garna chahanchu:
    1. China le Nepal lai tyati nai maddad garna khojeko bhaye, khoi ta ahile samma ke nai garyo?
    2. Nepal ma petroleum ko samasya hune bittikai ek matra airline le nepal ko udaan haru banda garyo – tyo ho China Southern.
    Mahendra ko palo dekhi China card khelne baani paryo hami lai. Bharat le Sikkim khao tara tyo bhanda dherrai barsha agadhi China le Tibet khayo. Kam se kam Sikkim ka Nepali mool ka daju bhai haru le parliament bata ta decision gare. Tibet le ke decision garya thiyo?
    Mera Rastravadi mitra ho, rastravad ko artha bujhaun. Rastravad bhaneko rastro ko hit ko lagi garne kam ho. Afno seer uthai rakhne ghamanda ma rastra lai dubaune hoina.
    Tapain hami aheen nai chaun. Herraun China le kati tel kati chito lyauncha!
    Like or Dislike: Thumb up 8 Thumb down 5
  • motikhar लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते २:०७
    सहि विश्लेषण लाग्यो। तर कुरा भारतलाई नेपाली सार्वभौमिकता नगुमाई कसरी मनाउन सकिन्छ त्यो उपाय पनि बताइदिये राम्रो हुन्थ्यो। समदुरी त राख्नै पर्छ नेपालले दुइ छिमेकीबीच। चीन कुनै आफ्नो होइन, उसले पनि ब्यापार नाफा नै हेर्ने हो।
    Like or Dislike: Thumb up 13 Thumb down 2
  • Rastrabadi Madise लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते ९:२९
    Sala Dalal
    Like or Dislike: Thumb up 8 Thumb down 1
  • nepali ko buddhi ayous लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते ९:४२
    Thank you for this article, this also explains why ALL Nepali Communists have actually been ROYAL AGENTS In THE INSIDE AND PRETENDING TO BE NATIONALISTS IN THE OUTSIDE, MAYBE EVEN FUNDED BY PAKISTANI ISI. FOR A PROSPEROUS NEPAL WE NEED GOOD RELATION WITH INDIA.
    INDIA’S NEXT STEP WILL BE TO GET NEPALIS IN LINE WILL BE BY ORDERING ALL NEPALIS IN INDIA TO GO BACK HOME.
    NEPAL NEEDS A REALITY CHECK, GET IN LINE OR FACE TTHE HEAT
    Like or Dislike: Thumb up 6 Thumb down 3
  • Nepali Babu लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १०:०४
    Aba Bharat Jaau, eta dalali nagara. Nepali jaagisake lekhak jyu.
    Like or Dislike: Thumb up 6 Thumb down 4
  • kamal लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १०:११
    yo mancele pani bharat ko jotho thyla chhate ko ho pakka sale chhor talai nepalma basnu chhina bhane jana tera parvu ko geda samauna?
    Like or Dislike: Thumb up 3 Thumb down 4
  • Suraj Kumar लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १०:२१
    लेखक ज्यु, नमस्कार ! तपाईको लेख पढे, धेरै खुसि लाग्यो, तर चित्त के कुरा म दुख्यो भने, तपाई जस्ता विद्वानहरु किन जहिले पनि नकारात्मक टिप्पणी तर्फ लाग्नु हुन्छ ? तपाईको लेखमा सत्यता होला, तर के यो बेला कसैको टिप्पणी नगरी निकास दिने बेला भएको होइन र ? अहिले जुन कदम नेपाल आयल निगमले लिएको छ, त्यो सहि छ जस्तो मलाई लागेको छ !! अहिलेको परिस्तिथिमा भारत नेपालमा के चाहन्छ भन्ने कुरा त सबैलाई थाहा भएकै हो, के हामि अझै पनि भारत निर्भर नै हुने ? तपाईहरुजस्तो विद्वानले त कसैको टिका टिप्पणी गर्नुको साटो निकास दिने खोज गर्नुपर्ने होइन र? जति समय चिनको बारेमा डाटा संकलन गर्न लगाउनुभयो, त्यो समय आफ्नो मगज कुनै उत्पादनशिल कुराहरुको बारेमा वा अन्य कुनै विकल्पको बारेमा सोच्नामा खर्चिएको भए तपाईको ज्ञान सार्थक हुने थियो, देश परिवर्तनको संघारमा छ, अब हरेक कुराहरु परिवर्तन हुदैछन भने पुरानै कुराहरु किन “फलो अप” गर्ने?
    आशा छ अबका दिनमा तपाईको “मगज” लाई यस्तै कुराहरुमा खर्चिनुहुनेछ !!!!
    Like or Dislike: Thumb up 21 Thumb down 3
  • shiv lakhan sah लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १०:४५
    Reality yahi ho..jasle jati bhoke pani…
    Like or Dislike: Thumb up 6 Thumb down 5
  • ravi लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १८:०५
    sorry to say guys…but I don’t think china would be involved in Nepal-india crisis…india is one of the largest importer of goods from china and consumption is also high due to the large population …and china economy pani ali kati kharab cha yo time maa…in the first time in china history they have decrease the defence budget..and china lai thaha cha Nepal le teti ko business dina sakdaina..
    Like or Dislike: Thumb up 5 Thumb down 1
    suresh Reply:
    नेपाल ले हाल को लागि चिन संग ब्यापारिक सम्बन्ध रख्नुपर्छ।
    भोलिको दिनमा ईन्डिया पनि नेपाल संग ब्यपारिक सम्बन्ध राक्छनै।
    ईन्डिया चीन ब्यापार को लागि पनि नेपाल को बाटो नै सजिलो हुन्छ।
    ईन्डियानेपाल ले दुवै ठुलो देशको फाइदा उठाउन सक्नुपर्छ। ईन्डिया संग को
    एकल व्यापार नीति नै नेपाल को ठुलो गल्तिहो।त्यसैले त ईन्डियाले नेपाल लाई
    बेला बेलामा दुख्ख दिने गर्छ।त्यस्को उधारण हो अहिलेको नाकाबन्दी।
    नेपाल ले अब दुबै छिमेकी राष्ट्र संग ब्यपार गर्न जरुरी छ। नेपाल संग को
    ब्यपार मा दुबै छिमेकी देश लाई फाइदा छ। त्यसैले चीन नेपाल संग
    व्यापार गर्न इच्छुक पनि देखिन्छ।
    Like or Dislike: Thumb up 4 Thumb down 1
  • Suresh लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते १९:१२
    Except some of the facts, I can’t agree with the writer. I always believed that Nepal should keep equi-distant relation with both of its trade neighbours, as we do in our everyday life to shopkeepers. You must always have some alternative to the other.
    At the same time, I believe that Nepal should concentrate on exploiting its resources, be it hydropower, possible petrolium sources such as that of Jhapa, possible gas sources such as that of Kathmandu and Lalitpur etc.
    Thanks,
    Like or Dislike: Thumb up 3 Thumb down 1
  • Nepali लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते २०:०८
    This is true investigative journalism.. keep it up..
    Like or Dislike: Thumb up 2 Thumb down 3
  • रमेस बान्तवा लेख्नुहुन्छ    |   २०७२ असोज २३ गते २२:४४
    हाम्रो समस्या भनेको चिन वा भारत हैन हाम्रा आफ्नै नेता हरु हुन् त्यस्ता नेता लाइ भोट हालेर जिताउने हामी आफै नै दोषी हौँ यिनीहरुले मधेशी हरुको जायज माग लाइ बेलैमा सम्बोधन गरेको भए आजको यो अवस्था नै आउने थिएन I पचासौ वर्ष सम्म आँखा चिम्म गरेर भारत ले देला र खाउला भनेर नबसी अन्य बिकल्प हरु पनि बेला छदै सोचेको भए आज को यो हालत हुने थियो ? कैयों पटक भारत को हैकम बादी मिचाहा प्रबृत्ति झेलेर पनि नचेत्ने , दोषी को ? मेरो यो प्रश्न सबै पाठक बृन्द हरु मा शादर अनुरोध छ I जय देश !
    Like or Dislike: Thumb up 12 Thumb down 0

यसमा तपाइको मत



 
ShareThis Copy and Paste
- See more at: http://www.onlinekhabar.com/2015/10/337268/#sthash.XX0BwSUH.dpuf

No comments:

Post a Comment