
आईओसीले आयल निगमलाई भन्यो- तेल लिन आऊ
फेरि झुक्याउन सक्ने भन्दै निगमका अधिकारी सशंकित
२४ असोज, काठमाडौं । इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेका छन् ।
आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका छन् । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गर्छन् ।
आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएको थियो ।
आायल निगमका प्रवक्ता दिपक बरालले शनिबार राति आईओसीका अधिकारीले फोनमार्फत ट्यांकर पठाउन आग्रह गरेको जानकारी दिए । ‘गएराति आइओसीको केन्द्रबाटै फोन आएको छ । आज आइतबार भारतमा सार्वजनिक विदा भएकाले ट्यांकर भोलि मात्रै पठाउँछौं’ बरालले अनलाइनखबरसँग भने-‘अघिल्लो साता पनि यस्तै फोनमा विश्वास गररे ट्यकंर पठाएका थियौं । तर, प्रतिवद्धता विपरित तेल दिलन आनाकानी गरेकाले कति ट्यांकर पठाउने भनेर निर्याय गरेका छैनौं ।’
निगमले आइओसीसँग थप प्रतिवद्धता लिएर भोलि सोमबार मात्रै ट्यांकर पठाउने तयारी गरेको छ । ‘भोली भारतमा नर्मल वर्किङ डे हो । त्यहाँ रहेका ट्यांकरलाई दिने लोड दिएको अवस्था हेरेरमा मात्रै ट्यांकर पठाउँछौं’-प्रवक्ता बरालले भने ।
समान्य अवस्थाको भन्दा बढी लोड दिने भनेर निगमको उच्च अधिकारीले भनेको भन्दै बरालले भने-डिपोमा कस्तो ब्यवहार हुन्छ । हेर्न बाँकी छ ।’
आईओसीको डिपोहरुले माग अनुसार तेल दिए एकसय भन्दा बढी ट्याकर तेल लिन पठाउने निगमको तयारी छ । तर, अघिल्लो हप्ता जस्तै ट्यांकर पुगेपछि बोलि फेरियो भने के गर्ने भन्ने कुरामा आशंका छ ।
आयल निगमले आवश्यक निर्णय गरेर भोलि सोमबार आईओसीको गोन्डा, बेतालपुर, बरौनी र सिलगुढी डिपेमा ट्याकंर पठाउने छ । निगमले वीरगञ्ज नाकामा मधेसी मोर्चाको धर्ना जारी रहेकाले काँकडभिट्टा, बिराटनगर, भैरहवा र नेपालगञ्ज नाकाबाट न्युन मात्रामा तेल भित्राइरहेको छ ।
आईसोसीले लोड नै कम गरेको अवस्थामा भन्सारमा आएका ट्यांकरलाई पनि रोकिँदा नेपालमा तेलको चरम अभाव भएको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यसमा तपाइको मत
सम्बन्धित शीर्षकहरु
विचित्र संसार
- एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा
- किन मोटाए सरकारी कर्मचारी ? ९४ प्रतिशत मोटोपनाका सिकार
- १२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)
- जहाँ गाइलाई सुनाइन्छ लाइभ म्युजिक : गीत सुनेपछि बढ्छ दुध (भिडियो सहित)
- यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा
- ऋण चुक्ता गर्न श्रीमतीलाई रातभर साहुको जिम्मा
- नाति नातिनाको लागि रुखमै तीनतले घर (फोटोफिचर सहित)
बिजनेस
मनोरञ्जन
- रेखावाट प्रभावित शिल्पालाई मन पर्दैन रविना टण्डन
- ७३ लागे अमिताभ, जयासँग बिहे-रेखासँग प्रेम सम्बन्ध
- कतारमा ‘नेपाली तारा’को अडिशन
- संगीतमा पोखिंदै तराई-पहाडको सद्भाव (भिडियोसहित)
- यस्तो छ मालाको सेक्सी नृत्य भएको ‘झकास झापाली’
- यी हुन् लोग्नेवाट पिटिएपछि सम्बन्ध बिच्छेद गर्ने नायिका
- मुग्धालाई ग्ल्यामर भूमिका चाहियो
ShareThis Copy and Paste
No comments:
Post a Comment