
धेरै पादेको आरोपमा कर्मचारी बर्खास्त
अफिसमा धेरै पादेर दुर्गन्धित बनाएको आरोपमा एक जना वयोवृद्ध कर्मचारीले जागिरबाट हात धुनु परेको छ ।
अमेरिकाको पेन्सिल्भेनियास्थित सुँगुरको मासु बेच्ने कम्पनी केस पोर्क रोल कम्पनीले पादेको निहुँमा कर्मचारी बर्खास्त गरेको हो ।
समाचार अनुसार उक्त कम्पनीमा लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमले बढि पाद आउने कारणले जागिर गुमाएका हुन् ।
सन् २०१० मा ग्यास्ट्रिक बाइपास सर्जरी
गराएका क्लेमलाई त्यसपछि मलद्धारबाट अत्यधिक ग्यास निस्कने समस्याले
समातेको थियो । सन् २०१३ मा उनको समस्या झनै बढ्यो र ग्यासका साथै
अनियन्त्रित झाडापखाला सुरु भयो ।
आफुले १० वर्षदेखि निकै इमान्दार तथा
विश्वासिलो तबरले काम गरेको भन्दै उनले एक्कासी बर्खास्त गर्नु निकै
निरासाजनक तथा हतोत्साही गराउने खालको कार्य भएको उनले दुखेसो गरेका छन् ।
आफ्नो समस्या निकै खतरनाक रहेको भन्दै
उनले आफु कार्यालय आउनेबित्तिकै बाथरुममा नछिरी नहुने तथा सम्हाल्नै नसक्ने
तरिकाले ग्यास निस्किरहने समस्या रहेको उनी सुनाउँछन् । उनको वजन १९० किलो
छ ।
सोही कार्यालयमा पार्टटाइम प्रशासनिक
सहयोगीको काम गर्दै आएकी उनकी श्रीमती लोआनले पनि आफ्ना श्रीमानलाई
बर्खास्त गरिएकै दिन राजिनामा दिइन् । उनले कम्पनी विरुद्ध मुद्धा समेत
हालेकी छिन् र आफ्नो श्रीमानमाथि दुर्व्यवहार तथा विभेद गरिएको आरोप लगाएकी
छिन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Like or Dislike: