FACEBOOK

https://www.viglink.com/

Wednesday, October 7, 2015

दुनियाकै अनौठो बिहे, अजिंगरदेखि ब्वाँसोसम्मलाई बनाइयो जन्ती (फोटोफिचर सहित)

दुनियाकै अनौठो बिहे, अजिंगरदेखि ब्वाँसोसम्मलाई बनाइयो जन्ती (फोटोफिचर सहित)

२०७२ असोज १६ गते ९:०४ मा प्रकाशित
Janta5
विवाह भन्ने कुरो जिवनको सबैभन्दा महत्वपूर्ण क्षण । यो क्षणलाई अविश्मरणीय बनाउने चाहना सबैमा हुन्छ र त्यसका लागि विभिन्न उपाय लगाउँछन् मानिसहरु । तर केही मानिस यतिधेरै क्रेजी हुन्छन् की आफ्नो विवाहलाई यादगार बनाउने निहुँले अलि बढि नै हर्कत गर्दछन् जो सामान्य मानिसको औकात मात्र होइन कल्पना भन्दा पनि बाहिर हुन्छ ।
बेलायतमा यस्तै भएको छ । १० वर्ष पहिले नै इन्गेजमेन्ट गरिसकेका र बिहे नहुँदै दुइ छोरी जन्माइसकेको एक जोडीले आफ्नो विवाहमा जनावरलाई जन्ति बनाएका छन् ।
वार्विकशायरका बासिन्दा पल फिक्ली र जेनेट स्टिलले आफ्नो विवाहमा जनावरलाई जन्ती बनाएर सबैलाई हैरान पारिदिए ।
आफ्नो विवाहमा उनीहरुले अजिंगर, विच्छी, उल्लु, ब्वाँसु लगायतका जनावर तथा चराचुरुंगीलाई आफ्नो बिहे समारोहमा निम्ता दिएका थिए । जनावर पाहुनालाई बिहे समारोहमा ल्याइएप्छि विहेमा उपस्थित मानव पाहुनाहरु दंग परेका छन् ।
दी पार्टी एनिमल्स नामक व्यवसायिक कम्पनीबाट दुइ घण्टाको १३५ पाउण्ड भाडामा ती जिवहरु बिहेमा ल्याइएको थियो ।
हेरौँ बिहे समारोहका केही झलक
Jan6
Janta
Janta1
Janta2
Janta3
Janta4
Janta6
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत



No comments:

Post a Comment