
यस्ता छन् विश्व दाह्री जुँगा प्रतियोगिताका प्रतिस्पर्धीहरु (फोटोफिचर)

अस्ट्रियाको लियोग्यांगमा शनिवार विश्व दाह्री जुँगा च्याम्पियनशिप सम्पन्न भयो । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट झण्डै ३ सय जना प्रतिस्पर्धीहरु आफ्ना एक से एक दाह्री जुँगामा ताउ लगाउँदै भिडे । प्रतियोगितामा विभिन्न १८ विधामा दाह्रीवालहरुलाई पुरस्कृत गरियो । दाह्रीजुँगा प्रतियोगितामा कुल ६ स्वर्णपदक सहित अमेरिका पहिलो स्थानमा रह्यो । दोश्रो स्थानमा जर्मनी रह्यो । जर्मनीका ५ जना दाह्रीजुँगाधारीहरुले विभिन्न विधामा पहिलो पुरस्कार प्राप्त गरे ।
यो पटक आयोजक अस्ट्रियाले चारवटा उपाधि हात पार्यो । हंगेरी र बेलायतले पनि एक एक वटा उपाधि आफ्नो नाउँमा लेखाए ।
अब दुइ वर्षप्छि सन् २०१७ मा अमेरिकाको टेक्सासस्थित अस्टिनमा विश्व दाह्रीजुँगा प्रतियोगिता हुनेछ ।
लियोग्यांगमा सम्पन्न दाह्रीजुँगा प्रतियोगितामा सहभागी केही दाह्रीजुँगाधारी यस्ता छन् :
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
No comments:
Post a Comment