FACEBOOK

https://www.viglink.com/

Tuesday, October 6, 2015

यस्ता छन् विश्व दाह्री जुँगा प्रतियोगिताका प्रतिस्पर्धीहरु (फोटोफिचर)

२०७२ असोज १९ गते १०:२४ मा प्रकाशित
 730  17  0
Dari1
अस्ट्रियाको लियोग्यांगमा शनिवार विश्व दाह्री जुँगा च्याम्पियनशिप सम्पन्न भयो । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट झण्डै ३ सय जना प्रतिस्पर्धीहरु आफ्ना एक से एक दाह्री जुँगामा ताउ लगाउँदै भिडे । प्रतियोगितामा विभिन्न १८ विधामा दाह्रीवालहरुलाई पुरस्कृत गरियो । दाह्रीजुँगा प्रतियोगितामा कुल ६ स्वर्णपदक सहित अमेरिका पहिलो स्थानमा रह्यो । दोश्रो स्थानमा जर्मनी रह्यो । जर्मनीका ५ जना दाह्रीजुँगाधारीहरुले विभिन्न विधामा पहिलो पुरस्कार प्राप्त गरे ।
हरेक दुइ वर्षमा आयोजना हुने विश्व दाह्रीजुँगा प्रतियोगिता अन्तरगत सन् २०१३ मा जर्मनीले ११ विधामा उपाधि जितेको थियो भने त्यतिबेला अमेरिकाले ६ विधामा उपाधि उचालेको थियो । तर जर्मनी यो पटक खुम्चियो ।
यो पटक आयोजक अस्ट्रियाले चारवटा उपाधि हात पार्यो । हंगेरी र बेलायतले पनि एक एक वटा उपाधि आफ्नो नाउँमा लेखाए ।
अब दुइ वर्षप्छि सन् २०१७ मा अमेरिकाको टेक्सासस्थित अस्टिनमा विश्व दाह्रीजुँगा प्रतियोगिता हुनेछ ।
लियोग्यांगमा सम्पन्न दाह्रीजुँगा प्रतियोगितामा सहभागी केही दाह्रीजुँगाधारी यस्ता छन् :
Dari2
Dari3
Dari4
Dari5
Dari6
Dari7
Dari8
Dari9
Dari10
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत



- See more at: http://www.onlinekhabar.com/2015/10/335539/#sthash.wZ2LpWnN.dpuf

No comments:

Post a Comment